ग्लोबल टी–२० : भ्यानकुभरको पहिलो जित

काठमाडौं । भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानाडा क्रिकेट लिगमा पहिलो जित हासिल गरेको छ।
सोमबार बिहान सम्पन्न खेलमा भ्यानकुभरले मन्ट्रियल टाइगर्सलाई पाँच विकेटले पराजित गरेको हो।
टाइगर्सले दिएको ११० रनको लक्ष्य पछ्याएको भ्यानकुभरले आठ बल बाँकी रहँदा पाँच विकेट गुमाएर ११३ रन बनायो।
भ्यानकुभरका रिजा हेन्ड्रिक्स ३९, कप्तान उस्मान ख्वाज ३१ र रिचि बेरिंगटन १७ रनमा आउट हुँदा ड्वेन प्रिटोरियस पाँच रनमा अविजित रहे।
टाइगर्सका अजमातुल्लाह उमरजाई र ग्रेहार्ड इरास्मसले समान दुई विकेट लिए। कोर्बिन बोशको नाममा एक विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको थियो।
टाइगर्सका अजमातुल्लाह उमरजाई ३०, शेर्फेन रदरफोर्ड २२ र टिम सेफर्ट १० रनमा आउट हुँदा कलिम साना ११ रनमा अविजित रहे।
भ्यानकुभरमा मोहम्मद अमिरले सर्वाधिक तीन विकेट लिए। ड्वेन प्रिटोरियस, हर्ष ठाकर र सन्दीप लामिछानेले समान दुई विकेट लिए। ऋषिभ जोशीको नाममा एक विकेट रह्यो।
जितसँगै अंक तालिकाको पुछारमा रहेको भ्यानकुभरले तीन अंक जोडेको छ। टाइगर्सले भने शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ। पाँच खेलबाट सात अंक जोडेको टाइगर्स दोस्रो स्थानमा छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |