← समाचारमा फर्कनुस्
कोपा अमेरिका : उरुग्वेको विजयी सुरुआत

काठमाडौं । कोपा अमेरिकी फुटबल-२०२४ मा उरुग्वेले विजयी सुरुआत गरेको छ।
सोमबार बिहान सम्पन्न समूह सी को दोस्रो खेलमा उरुग्वेले पानामालाई ३–१ गोलले पराजित गरेको हो।
उरुग्वेको जितमा म्याक्सिमिलियानो अराउजो, डार्विन नुनेज र माटियास विनाले समान एक एक गोल गोल गरे। यता, पानामाको लागि माइकल अमिरले गरेको एक गोल सान्त्वना बन्यो।
यो जितसँगै तीन जोडेको उरुग्वे समूह सी को शीर्ष स्थानमा रहेको छ। पराजित पानामा भने समान तेस्रो स्थानमा छ।
खेलको १६औँ मिनेटमा म्याक्सिमिलियानोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा एक शून्यको अग्रता बनाएको उरुग्वेले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल व्यहोर्नुपरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |