← समाचारमा फर्कनुस्
Football Jul 14, 2024 · Swadesh

क्यानडालाई पराजित गर्दै उरुग्वे तेस्रो

क्यानडालाई पराजित गर्दै उरुग्वे तेस्रो

काठमाडौं । पेनाल्टी सुटआउटमा क्यानडालाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकामा तेस्रो भएको छ।

बैंक अफ अमेरिका स्टेडियममा आइतबार बिहान निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। जसमा उरुग्वे ४-३ गोलअन्तरले विजयी भयो।

पेनाल्टीमा फेडरिको भल्भर्डो, राड्रिगो बेन्टानकर, डि एरस्कइट र लुइस सुआरेजले गोल गरे।

क्यानाडाका जोनाथन डेभिड, मोइस बोम्बिटो र म्याथ्यू चोइनिइरेले गोल गरे। इस्माइल कोनको प्रहार गोलरक्षक सर्जियो रोचटले बचाए । कप्तान अल्फन्सो डेभिसको प्रहार पोलमा लाग्न पुग्यो।

त्यसअघि खेलको आठौं मिनेटमा सेबास्टियन कासेरेसको पासमा बेन्टानकरले गोल गर्दै उरुग्वेलाई सुरुआती अग्रता दिलाएका थिए।

तर, २२औं मिनेटमा कोनेले गोल गर्दै क्यानडालाई खेलमा फर्काए। उनले बोम्बिटोको पासमा गोल गरे।

८०औं मिनेटमा डेभिडले गोल गर्दै क्यानडालाई २-१ गोलको अग्रता दिलाए। तर, दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा सुआरेजले गोल गर्दै उरुग्वेलाई २-२ को बराबरीमा फर्काए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →