← समाचारमा फर्कनुस्
Football Jul 07, 2024 · Swadesh

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

ब्राजिललाई हराउँदै उरुग्वे सेमिफाइनलमा

काठमाडौं । ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार बिहान सम्पन्न खेलमा निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। 

पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ ले बाजी मार्यो।

उरुग्वेका लागि पेनाल्टी फेडेरिको भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गर्दा मारिया गिमेनेजको प्रहार ब्राजिलियन गोलरक्षक एलिसनले बचाए।

ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले मात्रै गोल गर्न सके। डगलस लुइज र एडर मिलिटाओले भने गोल गर्न असफल रहे।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →