उरुग्वे बोलिभियालाई पराजित गर्दै नकआउट चरणमा प्रवेश

काठमाण्डौं। उरुग्वे बोलिभियालाई पराजित गर्दै कोपा अमेरिकाको नकआउट चरणमा प्रवेश गरेको छ। मेटलाइफ स्टेडियम, न्यू जर्सीमा शुक्रबार बिहान सम्पन्न खेलमा बोलिभियालाई ५-० गोलले पराजित गर्दै समूह विजेता बनेर उरुग्वे नकआउट चरणमा स्थान बनाएको हो।
उरुग्वेले खेलको ८ औं मिनेटमा फाकुन्डो पेलिस्त्रीको गोलनयमा सुरूवाती अग्रता बनाएको थियो। त्यस्तै खेलको २१औं मिनेटमा नुनेजको गोलमा अग्रता दोब्बर बनाए।
दोस्रो हाफको ७७ औं मिनेटमा म्याक्सीमिलियानोले गोल गर्दै ३-० को अग्रता दिलाए। उरुग्वे त्यतीमा नै रोकेनन् खेलको ८१ औं मिनेटमा फेद्रिकोभालभाद्रेले फाकुन्डो पेलिस्त्रीको पासमा गोल गर्दै ४-० बनाए। खेलको ८९ औं मिनेटमा रोड्रिगो बेनतानकोरको गोलमा खेल ५-० को नतिजामा पुऱ्याए।
उरुग्वे एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको हो। उरुग्वेले समूह चरणको अन्तिम खेल अमेरिकासँग खेल्ने छ।
यस जितसंगै उरुग्वे २ खेलमा २ जित सहित ६ अंक रहेको छ भने बोलिभिया २ हार अंक विहिन रहदै पुछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |