उरुग्वे र पानामा क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । कोपा अमेरिका फुटबल २०२४ मा उरुग्वे र पानामाले क्वाटरफाइनलमा स्थान पक्का गरेका छन्।
मंगलबार बिहान भएको खेलमा उरुग्वेले अमेरिका र पानामाले बेलेभियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन्।
अमेरिकाविरुद्ध पहिलो हाफ गोलरहित बराबरी खेलेको उरुग्वेले निर्णायक गोल दोस्रो हाफमा गरेको हो।
खेलको ६६औं मिनेटमा उरुग्वेका मेथिएस ओलिभेराले गोल गर्दै अग्रता दिलाएका थिए। सोही अग्रता अन्तिम समयसम्म कायमै राख्दै उरुग्वेले समूह चरणमा शतप्रतिशत जितका साथ अन्तिम ८ मा स्थान पक्का गर्न सफल भयो।
जितसँगै उरुग्वेको तीन खेलबाट ९ अंक भएको छ। यता, घरेलु टोली अमेरिका भने कोपाबाट बाहिरिएको छ।
यही समूह सीबाट पानामाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। पानामाले बोलिभियालाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
पानामले २२औं मिनेटमा जोसे फाजाडोको गोलमा अग्रता लिएको थियो। ६९औं मिनेटमा बोलिभियाले ब्रुनो मिरान्डाको गोलमा खेल बराबरी गरको थियो।
तर, ७९औं मिनेटमा एडुवार्डो गुरेरोले गोल गरेपछि पानामाले २–१ को अग्रता बनाएको थियो। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिजर अगुस्ट एनेसले गोल गरेपछि पनामा ३–१ को जित पक्का गर्न सफल भयो। जितसँगै पानामा ६ अंक बनाएर दोस्रो स्थानमा रहेर अन्तिम ८ मा पुग्न सफल भएको हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |