← समाचारमा फर्कनुस्
उर्जन श्रेष्ठ यू-२० टिमको मुख्य प्रशिक्षक

काठमाडौं । यू–२० पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ नियुक्त भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईलेश्रेष्ठलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
राईले सहायक प्रशिक्षक र गोलकिपिङ प्रशिक्षकमा नियुक्त भएका शशिन्द्र धिमाल र राजु सिंहलाई पनि पत्र हस्तान्तरण गरेका छन् ।
कोचिङ टोलीले आगामी अगस्ट १६ देखि २८ सम्म काठमाडौंमा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपका लागि राष्ट्रिय टोलीको तयारी गरिरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अहिले प्रतियोगिताका लागि खेलाडी छनोट भइरहेको छ। केन्द्रीय छनोटमा करिब ४ सय खेलाडी सहभागी भएको छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |