← समाचारमा फर्कनुस्
Football Feb 07, 2024 · Nepalsports

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन

विश्वविद्यालय खेलकुदमा टीयू च्याम्पियन

त्रिभूवन विश्वविद्यालय (टीयू) ले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । २३ स्वर्ण समावेश प्रतियोगितामा टीयू सर्वाधिक १८ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । टीयूले ८ रजत र ३ कांस्य पनि जित्यो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय ३ स्वर्ण, ४ रजत र ९ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी बौद्ध विश्वविद्यालयले १ स्वर्ण तथा समान २–२ रजत र कांस्य हात पाऱ्यो । बाँकी १ स्वर्ण नेपाल संस्कृत विश्वविद्यालयले हात पा¥यो । नेपाल संस्कृतले थप १–१ रजत र कांस्य पनि जित्यो ।

विभिन्न ४ खेल समावेश प्रतियोगिताको एथलेटिक्सको दोश्रो दिन टीयूले थप ४ स्वर्ण जित्यो । टीयूले पहिलो दिन ५ स्वर्ण जितेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको १ सय मिटर दौडको पुरुषमा सुदूरपश्चिमका मुकेश विष्ट र महिलामा लुम्बिनीकी अनिशा कुँवर क्षेत्री, सटपुटको पुरुषमा टीयूका वीरेन्द्र कुँवर र महिलामा टीयूकी संचिता घिमिरे तथा ८ सय मिटर दौडको पुरुषमा टीयूका विकेश घिमिरे र महिलामा टीयूकी राज्यलक्ष्मी राउतले स्वर्ण जिते ।
ब्याडमिन्टनमा टीयूकोकै वर्चस्व रह्यो । पाँच स्पर्धामा प्रतिस्पर्धा भएको ब्याडमिन्टनमा टीयूले ४ स्वर्ण जित्यो । सुदूरपश्चिमले १ स्वर्ण हात पा¥यो ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पुरुष सिंगल्समा टीयूका सुनिल कार्की, महिला सिंगल्समा टीयूकी निसम सुब्बा, पुरुष डबल्समा सुदूरपश्चिमका पुस्करराज भट्ट र प्रकाश विष्ट, महिला डबल्समा टीयूका इस्मिता बढुवाल र निसम सुब्बा तथा मिक्स डबल्समा टीयूका सुनिल कार्की र निसम सुब्बाले पहिलो स्थान हात पारे ।
टेबलटेनिसको पुरुष सिंगल्समा नेपाल संस्कृतका गनन्जय दाहाल तथा महिला सिंगल्समा लस्ता महर्जनले स्वर्ण जिते । दुवै टीयूका हुन् ।


पुरुष भलिबलको उपाधिमाथि पनि टीयूले नै कब्जा ग¥यो । जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा भएको फाइनलमा टीयूले मध्यपश्चिम विश्वविद्यालयलाई २५–१८ र २५–१६ को सोझो सेटमा पराजित ग¥यो । पोखरा विश्वविद्यालयले कृषि तथा वन विश्वविद्यालयलाई १७–२५, २५–१७ र १५–७ ले हराउदै तेश्रो भयो ।
विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, त्रिभूवन विश्वविद्यालयका खेलकुद निर्देशक पशुपति अधिकारी, गण्डकी विश्वविद्यालयका खेलकुद संयोजक डा. मधुसदन सुवेदी, काठमाडौं विश्वविद्यालयका खेलकुद निर्देशक राजेन्द्र जोशी, प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →