← समाचारमा फर्कनुस्
युनाइटेडको जितले उपाधि होड खुल्ला

म्यानचेस्टर युनाइटेडले आर्सनलमाथि ३–२ को उत्कृष्ट पुर्नआगमन जित रचेपछि इंग्लिस प्रिमियर लिगको उपाधि होड खुल्ला भएको छ । यो सिजन आफ्नो घरेलु मैदान इमिरेट्समा आर्सनलको यो पहिलो हार पनि हो ।
खेलको ८७ औं मिनेटमा युनाइटेडका लागि ब्राजिली खेलाडी म्याथ्येस कुन्हाले निर्णायक गोल गरे । यो नतिजाले शीर्षमा आर्सनलको अग्रता चार अंक मात्रै कायम रह्यो । उसको ५० अंक छ । म्यानचेस्टर सिटी र एस्टन भिल्लाको समान ४६ अंक रहेको छ ।
युनाइटेडको यो जितपछि ३८ अंक भएको छ र चौथो स्थानमा उक्लेको छ । त्यस अगाडि भिल्लाले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेको थियो । यस्तै चेल्सी क्रिस्टल प्यालेसलाई ३–१ ले पन्छाएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women