← समाचारमा फर्कनुस्
Football May 07, 2024 · Nepalsports

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इङ्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। सेलहर्स्ट पार्कमा सोमबार राति भएको खेलमा प्यालेसले म्यानचेस्टर युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो।


खेलको १२औँ मिनेटमै माइकल ओलिसले गोल गर्दै प्यालेसलाई शुरूआती अग्रता दिलाएक थिए। उनले डेनियल मुनोजको पासमा गोल गरेका थिए।


४०औँ मिनेटमा क्रिस रिचर्ड्सको पासमा जीन फिलिप मटेटाले गोल गर्दै अग्रता दोब्बर बनाए। ५८औँ मिनेटमा टायरिक मिचेलले गोल गरे। ६६औँ मिनेटमा मुनोजको पासमा ओलिसले नै गोल गर्दै प्यालेसलाई ४-० को जित दिलाए। 


जितसँगै १४औँ स्थानमा रहेको प्यालेसले ३६ खेलबाट ४३ अंक जोडेको छ। आठौँ स्थानमा रहेको युनाइटेडको ३५ खेलबाट ५४ अंक रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →