← समाचारमा फर्कनुस्
Football Jun 22, 2024 · Swadesh

युरोकपमा युक्रेनको पहिलो जित

युरोकपमा युक्रेनको पहिलो जित

काठमाडौं । युक्रेनले जर्मनीमा जारी युरोकप-२०२४ मा पहिलो जित हासिल गरेको छ। 

समूह 'सी' को आफ्नो दोस्रो खेलमा युक्रेनले स्लोभाकियाविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। 

युक्रेनको जितमा माइकोला शापारेन्को र रोमन यारेमचुकले एक एक गोल गरे। स्लोभाकियाको लागि इभान श्रान्जले गरेको गोल सान्त्वना बन्यो। 

जितसँगै जारी यूरोकपमा युक्रेनले पलिहो जित हासिल गरेको छ। समूह सी मा तीन अंकसहित युक्रेन दोस्रो स्थानमा उक्लिएको छ। युक्रेन पहिलो खेलमा रोमानियासँग ३–० ले पराजित भएको थियो भने स्लोभाकियाले बेल्जियमलाई १–० ले पराजित गरेको थियो। 

खेलको १७औँ मिनेटमा इभानले गोल गर्दै स्लोभाकियालाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्य गोललेपछि परेको युक्रेनका लागि ५४औँ मिनेटमा माइकोला र ८०औँ मिनेटमा रोमनले गोल गर्दै २–१ पहिलो जित दिलाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →