← समाचारमा फर्कनुस्
Cricket Jun 19, 2023 · Shishir

विश्वकप छनोटः यूएईमाथि श्रीलंकाको सहज जित

विश्वकप छनोटः यूएईमाथि श्रीलंकाको सहज जित

स्पिनर वानिन्दु हसरंगा एक्लैले ६ विकेट लिएपछि श्रीलंकाले आईसीसी एक दिवसीय विश्वकप छनोटको पहिलो खेलमा यूएईमाथि सहज जित हासिल गरेको छ। सोमबार सम्पन समूह बी को पहिलो खेलमा श्रीलंकाले यूएईलाई १७५ रनले पराजित गरेको हो।

श्रीलंकाले दिएको ३५६ रनको लक्ष्य पछ्याएको यूएई ३९ ओभरमा सबै विकेट गुमाउँदै १८० रनमै समेटियो। यूएईका कप्तान मोहम्मद वासिमले ३९ रन बनाए। उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यस्तै, वृत्य अरविन्द्रले ५५ बलमा ३ चौकासहित ३९ रन बनाए। 

अलि नासेर ३४, रामेज शाहजद २६ र रोहन मुस्तफा १२ रनमा आउट हुँदा यूएईका ६ ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। श्रीलंकका हसरंगाले ८ ओभरमा १ मेडनसहित २४ रन खर्चिएर ६ विकेट लिए।

लाहिरू कुमरा, दासुन शानका र महेश थिक्सेनाको नाममा १/१ विकेट रह्यो।

त्यसअघि क्विन्स स्पोर्ट्स क्लब बुलावायोमामा टस हारेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३५५ रन बनायो। श्रीलंकाका शीर्षक्रमका चारै ब्याटरले अर्धशतक प्रहार गरेका थिए।

श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक ७८ रन प्रहार गरे। उनले ६३ बलमा १० चौका प्रहार गरे। सदिरा समाराविक्रामाले ६४ बलमा ९ चौकासहित ७३ रन बनाए। तेस्रो विकेटका लागि कुशल र सदिराले १०५ रनको शतकीय साझेदारी गरे।

श्रीलंका ओपनर पाथुम निसांकाले ७६ बलमा ५ चौकासहित ५७ रन बनाए। अर्का ओपनर दिमुथ करूणारत्नेले ५४ बलमा ७ चौका प्रहार गरे। उनीहरूबीच ९५ रनको साझेदारी भएकव थियो।

चरिथ असालंका ४८, कप्तान दासुन शानका १ र धनन्जय डी सिल्भा ५ रनमा आउट भए। वानिन्दु हसरंगा २३ रनमा अविजित रहे।

युएईका अली नासिरले २ विकेट लिए। रोहन मुस्तफा, आयन खान र बासिल हामिदले समान १/१ विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →