← समाचारमा फर्कनुस्
Cricket Oct 27, 2023 · Nepalsports

नेपाललाई ४ विकेटले हराउँदै यूएई च्याम्पियन

नेपाललाई ४ विकेटले हराउँदै यूएई च्याम्पियन

काठमाडौं । त्रिकोणात्मक टि२० सिरिजको उपाधि यूएईले जितेको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपाललाई ४ विकेट हराएको हो। 

नेपालले दिएको १६३ रनको विजयी लक्ष्य यूएईले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। 

यूएईको जितमा ओपनर तथा कप्तान महोमद वासिमले सर्वधिक ४५ रन बनाए। यस्तै बृत्य अरविन्दले २६ रन बनाए।

नेपालका लागि गुलसन झाले र अभिनाष बोराले समान २ विकेट लिए भने कुशल मल्लले १ विकेट हात पारे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नेपालले ८ विकेट गुमाएर १६२ रन बनाएको थियो।

नेपालका लागि ओपनर कुशल भुर्तेलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।  

ओपनर आशिफ शेखलाई ७ रनमा गुमाएको थियो। कुशल मल्ल १ रन। कप्तान रोहित पौडेल १८ र दिपेन्द्र सिंह एैरी २० रनमा आउट भए। 

सन्दिप जोरा १०, सोमपाल कामी १३, गुलशन झा ५ र करण केसी २३ रनमा अविजित रहे।

यूएईका लागि आर्यन आनले ३, अलि नाशिर र जोहोर खानले समान २ विकेट लिए। 

यस सिरिजमा नेपाल, हङकङ र यूएईको सहभागिता रहेको थियो। अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाल फाइनल खेलमा भने पराजित भएको हो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →