← समाचारमा फर्कनुस्
Cricket Nov 13, 2024 · Swadesh

युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौ । घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले आईसिसी यु–१९ महिला विश्वकपका लागि छनोट भएको छ।

युएईको अजमानमा बुधवार भएको खेलमा नेपालले युएईमाथि ८ विकेटको जित हात पार्दै विश्वकपमा स्थान बनाएको हो। 

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन।

नेपालको जितमा ओपनर साना प्रविनले सर्वाधिक ३५ तथा कप्तान पुजा महतोले १८ रन जोडिन्। ओपनर साबित्री धामीले १२ तथा सोनी पाख्रीनले नटआउट १३ रन जोडिन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो। 

नेपालका लागि कृष्मा गुरुङले ४, रिया शर्मा र सिमाना केसीले समान २ तथा रचना चौधरीले १ विकेट लिए। 

विश्वकप २०२५ जनवरी १८ देखि २ फेब्रुअरीसम्म मलेसियामा आयोजना हुदैछ। नेपाल विश्वकपमा समूह डी मा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्डसँगै रहेको छ। 

विश्वकपमा नेपालको पहिलो खेल १८ जनवरीमा बंगलादेशविरुद्ध रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →