← समाचारमा फर्कनुस्
टी-२० विश्वकप : अमेरिका सुपर आठमा , पाकिस्तान बाहिरियो

काठमाडौं । अमेरिका टी-२० विश्वकपकाे सुपर आठमा प्रवेश गरेकाे छ।
अमेरिका र आयरल्यान्डबीचको खेल वर्षाका कारण रद्द भएपछि अमेरिका सुपर आठमा पुग्दा पाकिस्तान बाहिरिएको हाे।
अमेरिकाको फ्लोरिडामा हुने भनिएको खेल टस समेत हुन नसकि बर्षको कारण रद्द भएको हो।
खेल रद्द भएसँगै दुवै टोलीले एक एक अंक बाडेका छन्। एक अंक पाएसँगै अमेरिका विश्वकपको सुपर आठमा प्रवेश गरेको छ भने पाकिस्तान समूह चरणबाट नै बाहिरिएको छ।
जारी विश्वकप अन्तर्गत समूह ए मा रहेको भार तीन खेलमा छ अंक जोडेर सुपर आठमा पुगिसकेको छ। चार खेल खेलेको अमेरिका पाँच अंकसहित दोस्रो स्थानमा रहेर सुपर आठमा प्रवेश गर्दा तीन खेल खेलेको पाकिस्तान दुई अंकसहित तेस्रो स्थानमा रहँदै एक खेल अगावै बाहिरिएको हो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |