← समाचारमा फर्कनुस्
अमेरिका 'ए' सँग नेपाल पराजित

काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका 'ए' टिमसँगको अभ्यास खेलमा पराजित भएको छ।
गएराती भएको अभ्यास खेलमा अमेरिका 'ए' ले नेपाललाई ४ विकेटले पराजित गरेको हो।
पहिला ब्याटिङ गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो।
नेपालका कुशल मल्लले १८, देव खनालले १२, भीम सार्कीले १० रन बनाए। यस्तै अनिलकुमार साह शून्य रनमा आउट हुँदा अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाएन सकेनन्। अमेरिका 'ए' का आरिन नदकर्नीले ४ विकेट लिए।
जवाफमा अमेरिका 'ए' ले ६ विकेट गुमाएर लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो। अमेरिका 'ए' का नितेश रेड्डीले २९ रन बनाए। नेपालका सन्दीप लामिछानेले ४ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए।
आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |