← समाचारमा फर्कनुस्
युएईले नेपाललाई जितका लागी दियो १४१ रनको लक्ष्य

आजदेखि शुरु भएको त्रिकोणीय टी-२० सिरिजको पहिलो खेलमा युएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ ।
खेलमा टस हारेर पहिला ब्याटिंग गरेको युएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन बनाएको हो ।
नेपालका लागि करण केसीले तीन, गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक विकेट लिए ।
युएईका लागि बसिल हमिदले ३८ बलमा चार छक्का र एक चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।
यसैगरी अली नासिरले ३२, कप्तान मोहम्मद वासिमले १७ र आसिफ खानले १५ रन बनाए ।
यस खेलमा लेग स्पिनर श्याम ढकाल (मौसम) ले राष्ट्रिय टोलीबाट ट्वान्टी -२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका छन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |