← समाचारमा फर्कनुस्
यु-२० टोलीको व्यवस्थापक जिम्मेवारी खड्कालाई

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय यु-२० टोलीको व्यवस्थापकमा रविन खड्कालाई नियुक्त गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार महासचिव किरण राईले खड्कालाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्।
खड्का सातदोबाटो युथ क्लबका महासचिव पनि हुन्। एन्फाले यसअघि नै मुख्य उर्जन श्रेष्ठलाई, सहायक सशिन्द्र धिमाललाई र गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी राजु सिंहलाई दिइसकेको छ।
नेपालले आगामी अगस्ट १६ देखि २८ तारिखसम्म दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको आयोजना गर्दैछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |