यु-२० राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणका लागि ४० खेलाडी छनोट गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न केन्द्रीय छनोटमा करिब ४०० खेलाडीको सहभागिता थियो।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप र यु-२० एसियन कप छनोटको बन्द प्रशिक्षणमा ४० खेलाडी छनोट गरिएको हो।
यस्तै टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठले जिम्मेवारी पाएका छन्।

साफ यु-२० च्याम्पियनसिप साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुदैछ। समूह ‘ए’ मा नेपाल, श्रीलंका, पाकिस्तान र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन्।
प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ। यसैगरी नेपालले पाकिस्तानविरुद्ध भदौ ३ र बंगलादेशविरुद्ध भदौ ६ मा खेल्नेछ।
यसैगरी यु-२० एसिया कप छनोटको समूह ‘बी’ मा नेपाल चाइनिज ताइपेइ, उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन्। यो समूहको खेल सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेइमा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |