नेपाली यु-१९ टोलीलाई समर्थन गर्दै बाइक र्याली निकालिदै

काठमाडौंको दशरथ रङशलामा जारी साफ यु-१९ च्याम्पियनशिपको सेमीफाइनलमा भारत विरुद्ध भिड्दै गरेको नेपाल यु-१९ टोलीलाई हौशला र समर्थन प्रदान गर्नका लागि दशरथ रङशला, त्रिपुरेश्वर देखी गोदावरीको होटेल भ्यु भ्रिकुटी सम्म नेपाली फुटबल समर्थकहरुले बाइक र्याली निकाल्ने भएका छन् ।
बिहान १० बजे रङशलाबाट सुरु हुने उक्त र्याली कुपोन्डोल, पुलचोक, लगनखेल, जवलाखेल, सातदोबाटो हुँदै गोदावेरए पुग्ने छ । नेपाली फुटबल समर्थकको आयोजनामा हुन लागेको र्यालीले नेपाली युवा टोलिलाई नयाँ जोश दिने विश्वाश गरिएको छ । नेपाली फुटबल समर्थक समुहले यो र्यालीमा जो कोही पनि सहभागी हुन सक्ने बताएका छन् ।
आसोज ९ गते नेपालले साफ यु-१९ च्याम्पियनशिपको सेमिफाइनलमा भारतको समाना गर्दै छ । ५:३० बजे दशरथ रङशलामा हुने खेलमा टिकट रु.१०० र ३०० मात्र रखिएको छ । पहिलो सेमिफाइनलमा भने पाकिस्तानले भुटानको समाना गर्दा उक्त खेल १:३० बजे सुरु हुने छ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |