← समाचारमा फर्कनुस्
Cricket Nov 14, 2024 · Swadesh

यु–१९ महिला टोलीलाई पुरस्कार रकमको घोषणा

यु–१९ महिला टोलीलाई पुरस्कार रकमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आईसिसी यु–१९ महिला विश्वकपमा छनोट गराउन सफल टिमलाई नगदसहित सम्मान गर्ने भएको छ।

क्यानले विश्वकपमा नेपाललाई पुर्याउन सफल खेलाडी तथा टिम अफिसियल्सहरुलाई नगदसहित सम्मान गर्ने लागेको हो।

बिहीवार एक विज्ञप्ती जारी गर्दै विश्वकपमा छनोट गराउन सफल खेलाडीलाई जनही २ लाख ५० हजार तथा टिम अफिसियल्सहरुलाई जनही १ लाख ५० हजारसहित सम्मान गर्ने क्यानले बताएको छ।

बुधबार जित्नै पर्ने खेलमा युएईलाई पराजित गर्दै अर्को वर्ष मलेसियामा आयोजना हुने यु–१९ महिला विश्वकपमा नेपालले पहिलो पटक स्थान बनाएको हो।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →