← समाचारमा फर्कनुस्
असार ३० गतेदेखि एन्फा यु-१८ युथ लिग

काठमाडौं । एन्फा यु-१८ युथ लिग असार ३० गतेदेखि सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघको आयोजनामा हुने यस लिगमा ए डिभिजनका १२ टिमको सहभागिता रहने छ। सहभागी टोलीहरूले डबल राउन्ड रोबिनका आधारमा खेल्ने एन्फाले जनाएको छ।
प्रतियोगितामा एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मछिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
लिगका खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन्। यसपटक फ्रेन्ड्स र हिमालयन शेर्पाले भने प्रतियोगितामा सहभागिता नजनाउने भएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |