← समाचारमा फर्कनुस्
Football Jul 10, 2024 · Swadesh

यु–१८ युथ लिगको तयारी पूरा, विजेताले एक लाख पाउने

यु–१८ युथ लिगको तयारी पूरा, विजेताले एक लाख पाउने

काठमाडौं । ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी पूरा भएको जनाएको हो।

एन्फा उपाध्यक्ष तथा लिग संयोजक दीपक खतिवडाले लिगको तयारीबारे पत्रकारलाई जानकारी दिए। यस्तै, एन्फा प्रवक्ता सुरेश शाह, प्रतियोगिता निर्देशक सञ्जीव मिश्रलगायतले प्रश्नको जवाफ दिएका थिए। यस पटक गत सिजन ए डिभिजन लिग खेलको १२ क्लब एपीएफ फुटबल क्लब, चर्च बोइज युनाइटेड, एफसी खुमलटार, जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम, संकट क्लब, सातदोबाटो युवा क्लब, थ्री स्टार क्लब र त्रिभुवन आर्मी फुटबल क्लब प्रतियोगितामा भाग लिनेछन्।

प्रतियोगिताको तयारीबापत सहभागी क्लबले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। लिगका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन्। सहभागी १२ क्लबले उपाधि जित्ने शीर्ष टोलीले डबल राउन्ड रोबिन ढाँचामा एक अर्कासँग खेल्नेछन्।

लिगको च्याम्पियनले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही १५ हजार रुपैयाँ पाउनेछन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →