← समाचारमा फर्कनुस्
Cricket Jul 03, 2023 · Shishir

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोनको फाइनलमा

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोनको फाइनलमा

काठमाडौं, १८ असार । नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

सोमबार मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा भएको खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपालले फाइनलमा प्रवेश गरेको हो ।

नेपालले जितका लागि दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो ।  

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । 

नेपालले अब मंगलबार हुने फाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ ।   

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →