← समाचारमा फर्कनुस्
Cricket Dec 17, 2025 · Swadesh

एसिया कप यू–१९ : नेपाल र अफगानिस्तानबीच आज प्रतिस्पर्धा

एसिया कप यू–१९ : नेपाल र अफगानिस्तानबीच आज प्रतिस्पर्धा

काठमाडौँ। एसीसी यू–१९ पुरुष एसिया कप अन्तर्गत आज नेपालले अफगानिस्तानको सामना गर्दैछ।


दुबईस्थित आइसीसी एकेडेमीमा हुने यो खेल नेपाली समयअनुसार बिहान १०:४५ बजेदेखि सुरु हुनेछ।


यसअघि दुवै टोलीले आफ्नो दोस्रो खेलमा हार बेहोरेसँगै प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्यसैले आजको खेलको नतिजाले सेमिफाइनल समीकरणमा कुनै प्रभाव पार्ने छैन। नेपाल र अफगानिस्तान दुवै श्रीलंका र बंगलादेशसँग पराजित भएका थिए।


एकदिवसीय फर्म्याटमा सञ्चालन भइरहेको प्रतियोगितामा समूह ‘ए’ बाट भारत र पाकिस्तान सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। त्यस्तै समूह ‘बी’ बाट श्रीलंका र बंगलादेश अन्तिम चारमा पुगिसकेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →