← समाचारमा फर्कनुस्
Cricket Jun 28, 2023 · Shishir

एसीसी यू-१६ इस्टर्न जोन कप : नेपाल एक खेल अगावै सेमिफाइनलमा

एसीसी यू-१६ इस्टर्न जोन कप : नेपाल एक खेल अगावै सेमिफाइनलमा

थाइल्यान्डलाई पराजित गर्दै नेपालले एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनलमा स्थान बनाएको छ। बुधबार सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई २२५ रनले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

नेपालले दिएको २६९ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३.२ ओभरमा सबै विकेट गुमाउँदै ४४ रनमा समेटियो। थाइल्यान्डका इशान ईशान बनर्जी र दाउफिन फुआंग्योत्पिनितबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्। 

इशानले १२ बलमा सर्वाधिक १६ रन प्रहार गरे। यता, ओपनर डौफिन फुआंगयोटपिनिटले ३३ बलमा १२ रन प्रहार गरे। नेपालका  सन्तोष यादवले ह्याट्रिकसहित सर्वाधिक ५ विकेट लिए। उनले ३.२ ओभरमा १ मेडनसहित ८ रन खर्चिए।

अशोक धामीले ३ र अभिषेक तिवारीको नाममा २ विकेट रह्यो। 

त्यसअघि मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २५ ओभरमा ८ विकेट गुमाउँदै २६८ रन बनायो।

नेपालका निरजकुमार यादवले ४३ बलमा सर्वाधिक ७४ रन प्रहार गरे। नरेन भट्ट ५४ रनमा अविजित रहँदा सन्तोष यादव ४२, सुर्यान्शु कोइराला ४०, अभिषेक तिवारी १४ र आशिष लोहार १३ रनमा आउट भए।

थाइल्यान्डका नटपखान मोनोटोन, फनुवत देसुन्नोएन र इशान बनर्जीले २/२ विकेट लिए। जीत साडा र पियावत नोर्डीको नाममा १/१ विकेट रह्यो।

नेपाल रहेको समूह ए मा थाइल्यान्डसँगै मलेसिया छ।  यस समूहको पहिलो खेलमा मलेसियाले थाइल्यान्डलाई ११८ रनले पराजित गरेको थियो।

सेमिफाइनल पुगिसकेका नेपाल र मलेसियाले शुक्रमार समूह चरणको अन्तिम खेल खेल्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →