← समाचारमा फर्कनुस्
Football Jul 03, 2024 · Swadesh

टर्की र नेदरल्यान्ड्स क्वाटरफाइनल

टर्की र नेदरल्यान्ड्स क्वाटरफाइनल
काठमाडौं । टर्की र नेदरल्यान्ड्स युरोकप २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

एलियान्ज एरिनामा मंगलबार राति सम्पन्न खेलमा रोमानियालाई ३-० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम आठमा पुगेको हो।

नेदरल्यान्ड्सको जितमा पामा डोनिएल मालेन दुई र कोडी गाक्पोले एक गोल गरे।

यस्तै जर्मनीको लाइप्जिगमा बुधबार बिहान सम्पन्न खेलमा अष्ट्रियाामाथि २-१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्की अन्तिम आठमा स्थान पक्का गरेको छ। 

टर्कीको जितमा डिफेन्डर मरिह डेमीरालले दुवै गोल गरेका थिए। यता अष्ट्रियाका लागि माइकल ग्रेगोरिस्चले गरेको गोल सान्त्वना बन्यो।

यो जितसँगै अब टर्कीले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ। 

खेलको पहिलो मिनेटमै मेरिह डेमिरलले गोल गरेपछि टर्कीले पहिलो हाफभरि एक शून्यको अग्रता बनायो। 

दोस्रो हाफको ५९औँ मिनेटमा पुन डेमिरलले गोलगरेपछि टर्की खेलमा २–० ले अघि बढ्यो। तर, ६६औं मिनेटमा माइकलले अष्ट्रियाका लागि गोल गरेपछि खेल २–१ को अबस्थामा ल्याए।

त्यसपछि बाँकी समय थप गोल नहुँदा टर्की विजयी भयो।
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →