ग्लोबल टी–२० क्यानाडाको उपाधि रोहित आबद्ध टोरन्टोलाई

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरन्टो नेसनलले ग्लोबल टी–२० क्यानाडाको उपाधि जितेको छ।
मन्ट्रियल टाइगर्स फाइनलमा टोरन्टोले आठ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
टाइगर्सले दिएको ९७ रनको लक्ष्य टोरन्टोले १५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको हो।
टोरन्टोको जितमा एन्ड्रिज गौसले अविजित रहँदै सर्वाधिक ५८ रन बनाए। ४९ बल खेलेका उनले आठ चौका प्रहार गरे। भान डेर डुसानले ३० रन बनाउँदा उन्मुक्त भन्द चार र कप्तान कोलिन मुनरो शून्य रनमा आउट भए।
टाइगर्सका अजमातुल्लाह उमरजाई र कोर्बिन बोशले समान एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको टाइगर्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन बनाएको थियो।
टाइगर्सका कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए। ३३ बल खेलेका उनले चार चौका प्रहार गरे। जसकरण सिंह १६ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
टोरन्टोका जेसन बेहरेन्डोर्फले सर्वाधिक तीन विकेट लिए। रोमारियो शेफर्डले दुई विकेट लिँदा जुनैद सिद्दिकी, मोहम्मद नवाज, निखिल दत्त र जतिन्द्रपाल मथारुको नाममा समान एक विकेट रह्यो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |