TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 29, 2026 · Swadesh

शीर्ष आठमा पाँच इंग्लिस टिम

शीर्ष आठमा पाँच इंग्लिस टिम

युरोपेली च्याम्पियन्स लिगको यस सिजनको लिग चरणका खेल बुधबार समाप्त भएका छन् र शीर्ष आठमा रहेर पाँच इंग्लिस टिम स्वतः अन्तिम १६ मा प्रवेश गरेका छन् । आर्सनलले शतप्रतिशत जित निकाल्दै २४ अंकमा शीर्षमा रह्यो ।


यस्तै बायर्न म्युनिक २१ अंकमा दोस्रोमा रह्यो । उनीहरू यसअघि नै सिधै अर्को चरण पुगिसकेका हुन् । त्यसपछि लिभरपुल, टोटनहम, बार्सिलोना, चेल्सी, स्पोर्टिङ लिस्वन र म्यानचेस्टर सिटी रहे । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल म्याड्रिड भने शीर्ष आठमा रहेनन् ।


लिग तालिकाको नौदेखि २४ औं स्थानमा रहनेले अब प्ले अफ खेल्नेछ । तेस्रो स्थानमा रहन लिभरपुलले कोराबागलाई एनफिल्डमा भएको खेलमा ६–० ले हरायो ।


यस्तै बार्सिलोनाले कोपनहेगनलाई ४–१, टोटनहमले फ्रायन्कफर्टलाई २–०, सिटीले गालातासारेलाई २–०, चेल्सीले नेपोलीलाई ३–२ र लिस्वनले एथलेटिको बिलबाओलाई ३–२ ले पराजित गरे ।


रयल भने बेनफिकासँग ४–२ ले पराजित रह्यो भने पीएसजीले न्युकासल युनाइटेडसँग १–१ को बराबरी खेले । यस्तै आर्सनलले किराट आल्मातीलाई ३–२ र बायर्नले आयनहोभनलाई २–१ ले हराएको हो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →