← समाचारमा फर्कनुस्
Cricket Nov 07, 2025 · Swadesh

भारतका टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक

भारतका टिनु योहान्नन लुम्बिनीको मुख्य प्रशिक्षक

काठमाडौं। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि भारतका टिनु योहान्ननलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।


लुम्बिनीले शुक्रबार विज्ञप्तिमार्फत योहान्ननलाई प्रशिक्षणको जिम्मेवारी दिएको जानकारी गराएकाे हाे। पहिलो सिजन नन्दन फडनिस लुम्बिनीको मुख्य प्रशिक्षक थिए।


केरला क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका योहान्ननले भारतका लागि समान तीन टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन्।

बिहीबार मात्र लुम्बिनीले भारतकै रोबिन सिंहलाई मेन्टरका रूपमा नियुक्त गरेको थियो।


रोहितकुमार पौडेल मार्की रहेको लुम्बिनीले विवेककुमार यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि टोलीमा निरन्तरता दिएको छ।


गत संस्करण पुछारमा रहेको लुम्बिनीले मिनी अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ताका र आदिल खानलाई अनुबन्ध गरेको थियो।


एनपिएलमा आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। यो सिजन पनि लुम्बिनीसँगै साविक विजेता जनकपुर बोल्ट्स, साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज र काठमाडौं गोर्खाज उपाधिका लागि भिड्ने छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →