← समाचारमा फर्कनुस्
Football Sep 17, 2024 · Swadesh

टोखा मेयर कप मनमैजु टिम च्याम्पियन

टोखा मेयर कप मनमैजु टिम च्याम्पियन

काठमाडौं । मनमैजु डोजो प्रथम टोखा मेयर कप वादोरियो कराते प्रतियोगितामा मंगलबार टिम च्याम्पियन बनेको छ। 

गोंगबुस्थित काठमाडौं युरो स्कुलमा भएको प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मनमैजु टिम च्याम्पियन बन्यो।

नेपाल वादोरियो कराते डो संघको प्राविधिक सहयोग तथा नेपाल वादोरियो कराते डो संघ, टोखा डोजोद्वारा आयोजित प्रतियोगितामा गोदावरी डोजो दोश्रो भयो। गोदावरीले ३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो। तेश्रो स्थानको गोंगबु डोजोले ३ स्वर्ण, ३ रजत र २ कांस्य हात पा¥यो।

पुरुषमा टोखा भैरवका सुजिt तामाङ तथा महिलामा योङ हार्ट्सकी प्राश्ना केसी उत्कृष्ट खेलाडी घोषित भए। पशुपति डोजो अनुशासित टिम ठहरियो।

विजेतालाई प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव कृष्ण बस्नेत, नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष हरिशरण केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

टोखा नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा २५ टिमका ३ सय ५० खेलाडीले २१ स्पर्धामा प्रतिस्पर्धा गरेको नेपाल वादोरियो कराते डो संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जनाएका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →