← समाचारमा फर्कनुस्
Cricket Jun 10, 2024 · Swadesh

सप्तरी प्रिमियर लिगको उपाधि तिरहुट टाइगर्सलाई

सप्तरी प्रिमियर लिगको उपाधि तिरहुट टाइगर्सलाई

 तिरहुट टाइगर्सले छैठौं संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि जितेको छ। 

सप्तरीको राजविराज स्थित पब्लिक विन्देश्वरी मैदानमा सोमबार सम्पन्न फाइनलमा तिरहुट टाइगर्सले छिन्नमस्ता लायन्सलाई ३१ रनले पराजित गर्यो। 

तिरहुट टाइगर्सले दिएको ९२ रनको लक्ष्य पछ्याएको छिन्नमस्ता लायन्सले १४ ओभरमा ६० रनमा सबै विकेट गुमायो। 

छिन्नमस्ताको लागि बिशाल पटेलले सर्वाधिक १४, मयन यादवले १३ तथा फिर्दोश अन्सारीले अविजित १२ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। राष्ट्रिय क्रिकेटर भिम शार्की उसका ४ जना ब्याटरले खाता समेत खोल्न सकेनन्।

तिरहुटको बलिंगमा देब्रे हाते स्पिनर दिपेश कंडेलले सर्वाधिक ४ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा २५ रन खर्चिए। यस्तै प्लेयर अफ द म्याच घोषित कप्तान अनिल यादवले ३ विकेट लिए जुन क्रममा ३ ओभरमा १५ रन खर्चिए। बसिर अहमदले २ तथा अभिषेक कार्कीले १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको तिरहुट टाइगर्सले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो। 

तिरहुटको लागि भोला कुमार साहले सर्वाधिक २९ रन योगदान दिए। बसिर अहमदले १८ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरए दोहोरो अंकमा रन बनाउन सकेनन्। 

छिन्नमस्ताको बलिंगमा बिशाल पटेल, फिर्दोश अन्सारी, गुनानन्द रोय र सुमित नेवारले समान २ विकेट लिए। 

उपाधि सहित तिरहुट टाइगर्सले ३ लाख रुपैयाँ हात पार्यो। उपविजेता छिन्नमस्ता लायन्सले १ लाख ५० हजार रुपैयाँ पायो। 

प्रतियोगिताकै उत्कृस्ट खेलाडी तिरहुट टाइगर्सका बसिर अहमद घोषित भए जसले ६ खेलमा १९८ रन बनाउनुको साथै १० विकेट पनि लिए। यस्तै उत्कृस्ट बलर छिन्नमस्ता लायन्सका बिशाल पटेल घोषित भए जसले ७ खेलमा १५ विकेट लिए। उत्कृस्ट ब्याटर कन्चनरुप राइनोजका शुभ कंसकार घोषित भए जसले ७ खेलमा २९७ रन बनाए। यस्तै उदयमान खेलाडी छिन्नमस्ता लायन्सका मोहम्मद सोहेल खान घोषित भए जसले ७ खेलमा १२ विकेट लिए। फाइनल खेलको प्लेयर अफ द म्याच तिरहुट टाइगर्सका कप्तान अनिल कुमार यादव घोषित भए। प्रतियोगिताको उत्कृस्ट खेलाडीले २५ हजार रुपैयाँ, उत्कृस्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ तथा उदयमान खेलाडीले क्रिकेट किट प्राप्त गरे। 

विजेता खेलाडीहरुलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंह, राजविराज नगरपलिकाका प्रवक्ता जय नारायण मण्डल, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिध्यानन्द चौधरी, तिरुहट गाउँपालिकाका अध्यक्ष विजय यादव, नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य दुर्गाराज पाठक र सप्तरी क्रिकेट संघ अध्यक्ष तथा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य आयुष श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भयो। 

सप्तरी क्रिकेट संघको आयोजनामा एघार दिन चलेको प्रतियोगितामा सप्तरी जिल्लाका ६ वटा स्थानीय तहका टिमहरु सहभागी रहेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →