← समाचारमा फर्कनुस्
Cricket Jul 21, 2025 · Swadesh

तीन डब्लूटीसी फाइनल इंग्ल्यान्डमै

तीन डब्लूटीसी फाइनल इंग्ल्यान्डमै

सबैलाई थाहा छ, इंग्ल्यान्डतिर टेस्ट क्रिकेट असाध्यै लोकप्रिय छ । अरू तिर टेस्ट हुँदा दर्शकदीर्घा खालि खालि हुन्छ । तर यही टेस्ट इंग्ल्यान्डमा हुनु पर्छ, दर्शकदीर्घा भरिभराउ हुन्छ । 

पाँचको पाँचै दिन, त्यो पनि पूराका फूरा दिन क्रिकेट हेर्न सक्ने दर्शकको इंग्ल्यान्डमा कमी छैन् ।

त्यसैल त अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल (आईसीसी) ले सिंगापुरमा बसेको बैठकका क्रममा निर्णय गरेको छ, अबको तीनै संस्करणको विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) फाइनल इंग्ल्यान्डमै हुनेछ । त्यसको अर्थ सन् २०२७, २०२९ र २०३१ को फाइनल इंग्ल्यान्डमा हुनेछ । 

अहिलेसमम डब्लूटीसीका तीन फाइनल भएका छन् र ती सबै पनि इंग्ल्यान्डमै भएका छन् । सन् २०२१ मा फाइनल साउथह्याम्पटनमा भएको थियो । त्यसमा न्युजिल्यान्डले भारतलाई हराएको थियो । सन् २०२३ को फाइनल ओभलमा भएको थियो, त्यसमा भने अस्ट्रेलियाले भारतलाई पराजित गरेको थियो । 

यसपल्ट सन् २०२५ को फाइनल लर्डसमा भएको थियो । त्यसमा भने अस्ट्रेलिया दक्षिण अफ्रिकाको हातबाट पराजित रह्यो । यी तीनै अवसरमा दर्शकदीर्घा खचाखच भरिएको थियो । रमाइलो तथ्य त के पनि छ भने अहिलेसम्म इंग्ल्यान्ड आफै डब्लूटीसीको फाइनल भने पुग्न सकेको छैन् । 
AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →