← समाचारमा फर्कनुस्
थाइल्यान्डसँग नेपाल पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ।
बैंककको टेर्डथाइ क्रिकेट मैदानमा मंगलबार नेपाल ७८ रनले पराजित भएकाे हाे।
थाइल्यान्डले प्रस्तुत गरेकाे १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गर्दै ९ विकेट गुमाउँदै ८० रन मात्रै बनाउन सक्यो।
नेपालका लागि कवितार कुँवरले २४, रजाजमति ऐरीले अविजित २० र रुविना क्षेत्रीले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
थाइल्यान्डका लागि ओन्निचा कामचोम्फुले सर्वाधिक चार, थिपाचा पुथावोङले तीन र सुलेपोर्न लाओमीले एक विकेट हात पारे।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १५८ रनको योगाफल तयार पारेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |