← समाचारमा फर्कनुस्
Football Nov 30, 2023 · Nepalsports

टी२० विश्वकप : सहभागी २० टोलीको टुंगो लाग्यो

टी२० विश्वकप : सहभागी २० टोलीको टुंगो लाग्यो

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी टी२० विश्वकपमा सहभागिता जनाउने २० टोलीको टुंगो लागेको छ। 

नामिबियामा जारी अफ्रिका छनोटअन्तर्गत बिहीबार युगान्डाले रुवान्डाविरुद्ध जित हासिल गरेसँगै सहभागी २० वटै टोलीको टुंगो लागेको हो। 

अफ्रिकाबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भएको थियो। यता, युगान्डाले अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले पराजित गर्दै विश्वकपमा पहिलो पटक आफ्नो स्थान सुरक्षित गरेको हो। 

नामिबियाले छनोट चरणअन्तर्गत अन्तिम खेल नाइजेरियासँग खेल्न बाँकी छ। यद्यपि, नामिबिया अपराजित रहँदै १० अंक जोडिसकेको छ। युगान्डाले भने ६ खेलमा ५ जितसहित १० अंक जोड्यो। प्रतियोगितामा नामिबियासँग युगान्डा ६ विकेटले पराजित भएको थियो। 

जिम्बावे भने छनोटमा तेस्रो भयो। युगान्डासँग ५ विकेट र नामिबियासँग ८ रनले पराजित भयो। यसपटकको विश्वकपमा ४ टोली थप गरिएको हो। आयोजक भएको कारण अमेरिका र वेस्ट इन्डिजले यसअघि नै आफ्नो स्थान सुरक्षित गरिसकेको छ। यता, २०२२ मा अस्ट्रेलियामा आयोजना भएको विश्वकपमा शीर्ष ८ मा पुगेका अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, नेदरल्यान्ड न्यूजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकाले पनि आफ्नो स्थान सुरक्षित गरेका थिए। आईसीसीको वरियताअनुसार अफगानिस्तान र बंगलादेशले पनि छनोट नखेलि विश्वकपमा स्थान बनाए। 

युरोप छनोटबाट आयरल्यान्ड तथा  स्कटल्यान्ड, पूर्वी एशियाबाट पपुवा न्यू गिनी, अमेरिकाबाट क्यानडा र एशियाबाट नेपाल तथा ओमानले यसअघि नै आआफ्नो स्थान सुरक्षित गरिसकेका थिए।



AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →