← समाचारमा फर्कनुस्
Cricket Jul 16, 2025 · Swadesh

लेजेन्डसँग सल्लाह लिइदै

लेजेन्डसँग सल्लाह लिइदै

आफ्नो टिमको लगातार खराव प्रदर्शनपछि वेस्ट इन्डिज क्रिकेट बोर्डले एउटा उपाय निकालेको छ र त्यो हो, पुराना लेजेन्डसँग सल्लाह लिने । भर्खरै वेस्ट इन्डिज क्रिकेटको नाममा एउटा खराव कीर्तिमान जोडिएको छ र त्यो हो, टेस्ट क्रिकेटको एउटा इनिङ्समा २७ रन बनाएर अलआउट हुनु ।

यो दोस्रो सबैभन्दा कम स्कोर हो । अस्ट्रेलियाविरुद्ध सबिना पार्कमा भएको टेस्टमा वेस्ट इन्डिजले यो स्थिति भोगेको हो । त्यति मात्र होइन्, अस्ट्रेलियाको हातबाट वेस्ट इन्डिज तीनै टेस्टमा पराजित रह्यो, ‘ह्वाइसवास’ हुने गरेर । अहिले सल्लाह लिन खोजिएका तीन लेजेन्ड हुन्, सर भिभन रिचर्डस्, सर क्लाइभ लोयड र ब्रायन लारा ।

वेस्ट इन्डिज क्रिकेट बोर्डका अध्यक्ष किशोर सालाओले एउटा आपत्तकालीन बैठक बोलाएका छन् र त्यसमा ती तीन ठूला नामलाई पनि समावेश गरिनेछ । यो बैठकमा अरू केही ठूला पुराना स्टार शिवनारायण चन्द्रपउल र डेसमन्ड हेन्सलाई पनि बोलाइएको छ ।

 सन् सक्तरीको दशकदेखि नब्बेसम्मै विश्व त्रिकेटमा वेस्ट इन्डिज सबैभन्दा ठूलो शक्ति रहेको थियो । तर अब त्यो इतिहास भइसकेको छ र अहिले कम्तीमा टेस्ट क्रिकेटमा यो टिम सबैभन्दा कमजोरमध्ये एक रहेको छ । टिमको लगातार खराव प्रदर्शनको क्रम पनि बढ्दो नै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →