← समाचारमा फर्कनुस्
Football Jul 03, 2024 · Swadesh

टियु बिबिए कप फुटबल बिहीबारबाट, उद्घाटन खेलमा शंकरदेव र केसीएमआइटी भिड्ने

टियु बिबिए कप फुटबल बिहीबारबाट, उद्घाटन खेलमा शंकरदेव र केसीएमआइटी भिड्ने

काठमाडौं । टियु बिबिए कप फुटबल प्रतियोगिताको १६औं संस्करण असास २० गतबाट सुरु हुने भएको छ । 

उद्घाटन खेलमा साविक विजेता तथा आयोजक शंकरदेव क्याम्पस र केसीएमआइटी कलेजबीच प्रतिस्पर्धा हुनेछ ।

आयोजक स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु), शंकरदेव क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

चन्द एण्ड ब्रदर्स प्रा.लिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिता काठमाडौंको सानो गौचरण खेल मैदानमा हुनेछ । 

प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यापार प्रशासनमा स्नातक गरिरहेका विद्यार्थीले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी २६ टोलीलाई दुई पोलमा विभाजन गरिएको छ । 

प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै हरेक खेलका म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिनेछ । 

यसैगरी आयोजकले सर्वोत्कृष्ट खेलाडी र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरेको बतायो ।

महेन्द्र बहुमुखी क्याम्पस, धरानले आयोजना गरेको १५औं संस्करणमा शंकरदेवले फाइनलमा काठमाडौंकै एनसिसीलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जितेको थियो । 

त्यसैले प्रतियोगिताको आयोजना गर्ने जिम्मेवारी शंकरदेवले प्राप्त गरेको हो ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा शंकरदेव स्ववियु सभापति शुसान्त बस्नेत, क्याम्पस विद्यार्थी कल्याणकारी कोषका अध्यक्ष जोगिन्दर गोयत, बिबिए निर्देशक ऋषिराम पन्त, अखिल नेपाल फुटबल संघ(एन्फा)का केन्द्रीय सदस्य रविन्द्र चन्द लगायतको उपस्थिति थियो ।

स्ववियु सभापति बस्नेतले प्रतियोगितामा २६ टोलीलाई सहभागिता गराउन पाउँदा गर्व लागेको प्रतिक्रिया दिए । ‘विभिन्न बाधा अड्चनका बावजुद हामीले यति धेरै क्याम्पसहरुलाई प्रतियोगितामा सहभागि गराउन पाएका छौं । मिति नजिकिँदै जाँदा प्रतियोगिता नै रद्ध गर्न आदेश आउँदा समेत हामीले विद्यार्थीको मिहिनेतलाई कदर गर्योँ, र आज हामी यस कार्यक्रममा यसरी उभिन पाएका छौं । आज शंकरदेवको विद्यार्थी भन्दा हामीलाई गर्व लागेको छ,’ उनले भने ।

कल्याणकारी कोषका अध्यक्ष गोयतले विद्यार्थीको अधिकारलाई प्राथभिकता राखेको प्रतिक्रिया दिए । ‘विश्वविद्यालयबाट खेलकुद गतिविधि रोक्न दवाब आएपनि देशभरका विद्यार्थीको अधिकारको कुरालाई प्राथमिकता राख्दै हामीले यो प्रतियोगिता गरेका हौं, ’ गोयतले भने ।

त्यसैगरी बिबिए निर्देशक पन्तले प्रतियोगिताले क्याम्पसको पहिचान र विद्यार्थीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए । ‘खेलले नै हो विश्वमा कुनै पनि देशको नाम राख्ने । क्याम्पसको नाम र पहिचानका लागि पनि यस किसिमका प्रतियोगिताहरु भइरहन आवश्यक छ । यस्ता प्रतियोगिताले विद्यार्थीको शारीरिक र मानसिक दुवै पक्षमा सकारात्मक प्रभाव पर्छ,’ पन्तले भने ।

उता एन्फा सदस्य चन्दले विश्वविद्यालयमा प्रतियोगिताले राम्रो सन्देश दिने धारणा राखे । ‘बिबिए कपले टियुका विद्यार्थीहरु पढाई बाहेक खेलकुदमा पनि अगाडि रहेछ भन्ने सन्देश जानेछ,’ चन्दले भने । 

प्रतियोगिताको सुरुआत १८ वर्ष अगाडि शंकरदेव क्याम्पसको पहलबाट नै सुरु भएको हो । प्रतियोगितालाई त्रिभुवन विश्वविद्यालयले प्राविधिक सहयोग गर्दै आएको छ । 

 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →