← समाचारमा फर्कनुस्
Cricket Dec 29, 2024 · Swadesh

स्युचाटार क्रिकेट लिग : किंग्स, ग्रेट हिमालय र टिम बिडिएस क्वार्टरफाइनलमा

स्युचाटार क्रिकेट लिग : किंग्स, ग्रेट हिमालय र टिम बिडिएस क्वार्टरफाइनलमा

तारकेशवर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिताको तेश्रो दिनको खेलहरु सम्पन्न भएका छन्। आज सम्पन्न तेश्रो दिनको खेलहरुमा बिएमडिमएस, स्टुडियो सेभेन, किंग्स क्रिकेट एकेडेमी, बिडिएस, ग्रेट हिमालय क्रिकेट एकेडेमी र कालिका वारियर्स विजयी भएका छन्। 

आजको पहिलो खेलमा समुह 'सी' अन्तर्गत बिएमडिएसले स्याङ्जालाई ३२ रनले पराजित गर्यो। ९० रनको लक्ष्य पाएको स्याङ्जाले ५७ रनमै सबै विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिएमडिएसका निरज भट्टले तीन विकेट लिनुको साथै १५ रन पनि बनाए

आजको दोस्रो खेलमा समुह 'बि' अन्तर्गत स्टुडियो सेभेनले नेक्सस क्रिकेट एकेडेमीलाई १४ रनले पराजित गर्यो। ७० रनको लक्ष्य पाएको नेक्ससले ५५ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित सन्देश क्षेत्रीले तीन विकेट लिए।

आजको तेस्रो खेलमा समुह 'बि' अन्तर्गत किङ्स क्रिकेट एकेडेमीले लगातार चौंथो जित दर्ता गर्ने क्रममा स्मार्ट ए केयरलाई ४१ रनले पराजित गर्यो। ८६ रनको लक्ष्य पछ्याउने क्रममा स्मार्ट ए केयरले ४४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित भएका आश्रय बस्नेतले २७ रन बनाए। किंग्स समुह विजेताको रुपमा क्वार्टरफाइनल प्रवेश गरेको छ।

आजको चौथो खेलमा समुह 'सी' अन्तर्गत बिडिएसले बिएमडिएसलाई १२ रनले पराजित गर्यो। ७९ रनको लक्ष्य पछाएको बिएमडिएसले ६६ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित बिडिएस का बसन्त खत्रीले २३ रन बनाउनुको साथै एक विकेट पनि लिए।

आजको पाँचौं खेलमा समुह 'डी' अन्तर्गत लगातार तेश्रो जित दर्ता गर्ने क्रममा ग्रेट हिमालय क्रिकेट एकेडेमीले मिक्समाण्डुलाई १८ रनले पराजित गर्यो। ८० रनको लक्ष्य पछ्याउने क्रममा मिक्समाण्डुले ६१ रन मात्र बनाउन सक्यो। खेलको प्लेयर अफ द म्याच घोषित क्रिस कार्कीले दुई विकेट लिनुको साथै सात रन पनि बनाए। जित पछि ग्रेट हिमालय क्वार्टरफाइनल पुग्ने पक्का भएको छ।

आजको छैठौँ खेलमा टिम बिडिएसले लगातार तेश्रो जित दर्ता गर्ने क्रममा हिमालयन क्रिकेट एकेडेमीलाई ७० रनले पराजित गर्यो। १०४ रनको लक्ष्य पछाएको हिमालयन क्रिकेट एकेडेमीले ३३ रनमा सबै विकेट गुमायो । प्लेयर अफ द म्याच घोषित टिम बिडिएसका जतिन थापाले ५३ रन बनाए। जित पहि बिडिएस क्वार्टरफाइनल पुगेको छ। 

आजको सातौं खेलमा कालिका वरियर्सले स्याङ्जा एभेन्जर्सलाई ४६ रनले पराजित गर्यो। कालिकाले दिएको ८१ रनको लक्ष्य पछ्याउने क्रममा स्याङ्जाले ३४ रनमा सम्पूर्ण विकेट गुमायो। प्लेयर अफ द म्याच घोषित लकी कडायतले ३४ रन बनाए।

प्रतियोगिता अन्तर्गत सोमबार चौंथो दिन लिग चरणका ७ वटा खेल हुनेछन्। प्रतियोगिता ७ दिन सम्म चल्नेछ। 

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्लेयर अफ सिरिजलाई १० हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →