← समाचारमा फर्कनुस्
Football Sep 09, 2024 · Swadesh

स्विट्जरल्यान्डविरुद्ध स्पेनको सहज जित

स्विट्जरल्यान्डविरुद्ध स्पेनको सहज जित

काठमाडौं । युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्यान्डविरुद्ध सहज जित हासिल गरेको छ।

आइतबार राति भएको खेलमा स्पेनले स्विट्जरल्यान्डलाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

पाहुना टोली स्पेनको जितमा फेरन टोरेसले दुई गोल गर्दा जोसेलु र फाबियन रुइज पेनाको नाममा एक एक गोल रह्यो। स्विट्जरल्यान्डका लागि आमदौनीले गरेको एक गोल सान्त्वना बन्यो।

जितसँगै समूह डी मा रहेको स्पेनले दुई खेलबाट चार अंक जोडेको छ। यता, स्विट्जरल्यान्डको भने यो लगातार दोस्रो पराजय हो। स्पेन यसअघि सर्बियासँग गोलरहित बराबरीमा रोकिएको थियो भने स्विट्जरल्यान्ड डेनमार्कसँग पराजित भएको थियो।

खेलको चौथो मिनेटमै जोसेलुको गोलमा सुरुआती अग्रता बनाएको स्पनले १३औँ मिनेटमा टोरेसको गोलमा अग्रता दोब्बर रह्यो।

तर, खेलको २०औँ मिनेटमा रोबिन ले नर्मन्डले रातो कार्ड ब्यहोरेपछि स्पेन १० खेलाडीमा समेटियो।

खेलको ४१औँ मिनेटमा स्विट्जरल्यान्डका लागि आमदौनीले गोल गरेपछि पहिलो हाफमा खेल २–१ ले सकियो। दोस्रो हाफमा स्पेनले थप दुई गोल गर्दै खेलमा ४–१ को सहज जित हासिल गर्यो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →