← समाचारमा फर्कनुस्
Football Jun 16, 2024 · Swadesh

युरोकपमा स्वीट्जरल्यान्डको विजयी सुरुआत

युरोकपमा स्वीट्जरल्यान्डको विजयी सुरुआत

काठमाडौं । युइएफए युरोकप २०२४ मा स्वीट्जरल्यान्डले विजयी सुरुआत गरेको छ।

जर्मनीको रेन एनर्जी स्टेडियनमा शनिबार सम्पन्न खेलमा स्वीट्जरल्यान्डले हंगेरीमाथि ३–१ गोलको सहज जित हासिल गरेको हो। 

स्वीट्जरल्यान्डको जितमा क्वाड्वो दुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले समान एक एक गोल गरे। यता, हंगेरीका लागि बर्नाबास वर्गाले गरेको एक गोल सान्त्वना बन्यो। 

पहिलो हाफमा दुई शून्य गोलको अग्रता बनाएको स्वीट्जरल्यान्डले दोस्रो हाफमा एक गोल गर्दा एक गोल ब्यहोरेको थियो। 

जितसँगै स्वीट्जरल्यान्डले तीन अंक जोड्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

समूह ए मा रहेको आयोजक जर्मनीले गएराति सम्पन्न खेलमा स्कटल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →