TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 25, 2026 · Swadesh

क्यानाडालाई हराएपछि स्विट्जरल्यान्ड समूह विजेता

क्यानाडालाई हराएपछि स्विट्जरल्यान्ड समूह विजेता

स्विट्जरल्यान्डले विश्वकप २०२६ को समूह बी जित्नका लागि बिहीबार क्यानाडालाई २–१ ले पराजित गरेको छ । दुवै टिम यसअघि नै नकआउट चरण पुगिसकेका थिए र लिग चरणको अन्तिम खेलले समूह विजेताको निर्णय गरेको हो ।

दोस्रो हाफको सुरुमै स्विटजरल्यान्डले रुबने भार्गसको गोलमा अग्रता लिएको थियो । उनले नै ५७ औं मिनेटमा दोस्रो गोल थपे । क्यानाडाका लागि प्रोमिस डेविडले ७६ औं मिनेटमा बराबरी गोल फर्काए । समूहको अको खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ ले पराजित गर्‍यो ।

यो जितपछि बोस्नियाको पनि छनोटको सम्भावना कायम रह्यो । उसका लागि केरिम अलाजबेगोभिजले २९ औं मिनेटमा पहिलो गोल गरे । लगतै छ मिनेटपछि सुल्तान अल ब्रोकेले आत्मघाती गोल गरेपछि बोस्निया दुई गोलले अगाडि रह्यो ।

कतारका लागि ४३ औं मिनेटमा हसन अलले एक गोल फर्काए । तर ८३ औं मिनेटमा इरमिन माहमिजले बोस्नियाका लागि तेस्रो गोल थपे । स्विट्जरल्यान्ड सात अंकमा समूहको शीर्षमा रह्यो भने क्यानाडा चार अंकमा दोस्रोमा रह्यो ।

यस्तै बोस्निया चारै अंकमा तेस्रो रह्यो । कतार भने एकै अंकमा सीमित रह्यो । उत्कृष्ट तेस्रो टिमको आधारमा बोस्नियासामु नकआउट चरण पुग्ने सम्भावना कायम रहेको हो ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 2 6
2 Norway 2 6
3 Senegal 2 0
4 Iraq 2 0
सबै समूह →