← समाचारमा फर्कनुस्
बोस्नियामाथि सजिलो स्विस जित

सुपर सब्स जोहन मान्जाबी र रुबेन भारगेसको गोलको मदतले विश्वकप २०२६ मा स्विटजरल्यान्डले शुक्रबार दस खेलाडीमा सीमति बोस्निया हर्जगोभिनालाई सजिलै ४–१ ले हराएको छ । मान्जाबीले ७४ र ९० औं मिनेटमा दुई गोल गरे ।
यस्तै भारगेसले ८४ आं मिनेटमा अर्को गोल गरे । इरमिन मामहिचले इन्ज्युरी समयमा बोस्नियाका लागि एक गोल फर्काए । तर त्यसको केही समयपछि ग्रान्ट जाकाले स्विस टिमका लागि चौेथो गोल गरे ।
समूह बी को खेलको अन्त्यमा बोस्निया दस खेलाडीमा सीमित रहेको थियो । तारिक मुहरेमोभिचले ८० औं मिनेटमा रातो कार्ड खाएर मैदान छाडे र यससँगै खेल स्विस टिमको पक्षमा मोडिएको थियो ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women