← समाचारमा फर्कनुस्
Cricket Nov 06, 2024 · Swadesh

फेस अफ कर्णाली याक्सका रुपमा स्वस्तिमा खड्का आवद्ध

फेस अफ कर्णाली याक्सका रुपमा स्वस्तिमा खड्का आवद्ध

काठमाडौं । फेस अफ कर्णाली याक्सका रुपमा नायीका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ।

बुधवार काठमाडौंमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा उनलाई सार्वजनिक गरिएको हो। 

कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रुपमा आफु जोडिन पाउदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै आफ्नो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन्। 

उनले भनिन्, ‘फेस अफ कर्णाली याक्सको रुपमा जोडिन पाउदा मलाई निकै खुसी लागेको छ। कर्णाली आफ्ना्े छुट्टै संस्कृति र पहिचानले पहिले देखि नै एकदमै धेरै धनि छ । तर मलाई विश्वास छ अझ झनै यो कर्णाली याक्सले त्यसमा महत्वपूर्ण भस्मिका निर्वाह गर्ने छ।

उनले खेलकुदको समर्थक हुनका लागि प्राविधिक रुपमा जानकार नै हुनु पर्ने भन्दा देशलाई विश्वसामु चिनाउने चाहाना हुनुपर्ने बताइन्। मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली सहित ८ टोलीको सहभागिता रहने छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →