← समाचारमा फर्कनुस्
Cricket Oct 20, 2024 · Swadesh

सुपर ओभरमा नेपाल विजयी

सुपर ओभरमा नेपाल विजयी

काठमाडौं । नेपालले दोस्रो टी–२० खेल अमेरिकालाई सुपर ओभरमा पराजित गरेको छ।

नेपाल र अमेरिकाविरुद्धको दोस्रो टी–२० खेल सुपरओभरमा पुगेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउँदै १७० रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट भएको हो।

सुपर ओभरमा अमेरिकाले दिएको ३ रनको लक्ष्य पछाएको नेपालले ४ बलमा नै पुरा गर्दै जित हासिल गरेको थियो।

नेपालको जितमा सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गरेका थिए। सोमपालले खेलको अन्तिम ओभरमा ७ रनलाई डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा लागेका थिए भने सुपर ओभरमा उत्कृष्ट बलिङ गदै अमेरिकालाई केवल २ रन दिएर दुवै विकेट लिएका थिए।   

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको थियो।

नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए। त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २–२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए।

नेपालको यो जितपछि ३ खेलको सिरिज २–० ले जितेको छ र सिरिजमा कब्जा गरेको छ। अब सिरिजको अन्तिम खेल भोलि बिहान हुने तालिका छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →