← समाचारमा फर्कनुस्
Cricket Jun 17, 2025 · Swadesh

सुपर ओभरमा नेपाल पराजित

सुपर ओभरमा नेपाल पराजित

 काठमाडौं। स्कटल्यान्डमा जारी टी-२० त्रिकोणात्मक सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाल तेस्रो सुपर ओभरमा २ विकेटले पराजित भएको छ।

नेदरल्यान्ड्सले दिएको १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो। योसँगै खेल पहिलो सुपर ओभरमा प्रवेश गर्‍यो।

पहिलो सुपर ओभरमा कुशल भुर्तेलले २ छक्का र १ चौकासहित १८ र कप्तान रोहिकुमार पौडेलले १ रन थप्दा नेदरल्यान्ड्सले २० रनको लक्ष्य पाएको थियो। तर, करण केसी महंगो साबित हुँदा नेदरल्यान्ड्सले ६ बलमा १९ रन बनाउँदा खेल दोस्रो सुपर ओभरमा धकेलियो।

दोस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले १८ रनको लक्ष्य दिएको थियो। दीपेन्द्रसिंह ऐरीले १ छक्का र १ चौका प्रहार गरे। रोहितले १ छक्का र १ रन थप्दा खेल पुन: सुपर ओभरमा पुग्यो।

तर, तेस्रो सुपर ओभरमा भने रोहित चल्न सकेनन्। उनी पहिलो बलमै क्याच भए। अर्का ब्याटर रुपेश सिंह पनि दुई बल डट खेल्दै चौथो बलमा क्याच भए।

योसँगै नेदरल्यान्ड्सले जितका लागि १ रनको लक्ष्य पाएको थियो। तर, सन्दीप लामिछानेको बलमा माइकल लेभिटले छक्का प्रहार गर्दै जित दिलाए।

जितसँगै नेदरल्यान्ड्सले दुई अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →