TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 09, 2026 · Swadesh

सुपरकपको फाइनल अल क्लासिको हुने

सुपरकपको फाइनल अल क्लासिको हुने

रियल म्याड्रिडले बिहीबार भएको सेमिफाइनलमा छिमेकी एटलेटिको म्याड्रिडलाई २–१ ले हराएर स्पेनिस सुपरकपको फाइनल यात्रा तय गरेको छ । अब उपाधिको भिडन्त भने अल क्लासिको हुने भएको छ ।


साउदी अरेबियाको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा रियलका लागि फेड भाल्भेरडोले दोस्रो र रोड्रिगोले ५५ औं मिनेटमा गोल गरे । एटलेटिकोको तर्फाट एलेक्जान्डर सोरलोथले ५८ औं मिनेटमा एक गोल फर्काए ।


सबै प्रतियोगितामा गरेर रियलको यो लगातार पाँचौं जित हो र अब फाइनल आइतबार हुनेछ । सन् २०२५ को अन्त्यतिर वर्खास्तीको संघारमा पुगेका रियल प्रशिक्षका ज्याभी एलोन्सो अब भने केही बलियो स्थितिमा पुगेका छन् ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →