TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Feb 03, 2026 · Swadesh

सन्डरल्यान्ड आठौंमा बलियो

सन्डरल्यान्ड आठौंमा बलियो

सन्डरल्यान्डले इंग्लिस प्रिमियर लिगमा सोमबार बर्नलीमाथि ३–० को सहज जित दर्ता गरेको छ र यसले अंक तालिकाको आठौं स्थानमा उसको पकड अझ बलियो भएको छ ।

अर्को सिजन युरोपमा सपना बुन्न सक्ने सन्डरल्यान्डको ३६ अंक भएको छ । सन्डरल्यान्डले एक्सेल टुन्जेबेको आत्मघाती गोलले अग्रता लिएको थियो । त्यसपछि हबिब डिएरा र चेम्सडिन टाइबीले एक एक गोल थपे ।

हारले भने बर्नलीलाई अझ गाह्रो भएको छ र एक सिजनपछि फेरि रेलिगेसनमा पर्ने सम्भावना बलियो भएको छ । बर्नली १९ औं स्थानमा रहेको छ र उसको १५ अंक मात्रै छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →