कर्णालीमाथि सुदूरको जित, हारका बाबजुद कर्णाली प्लेअफमा

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएलमा प्लेअफमा पुग्ने चारै टोलीको टुंगो लागेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार कर्णाली याक्स सुदूरपश्चिम रोयल्सले विकेटले पराजित गरेसँग कर्णाली पनि प्लेअफमा पुगेको हो।
कर्णालीले दिएको १०२ रनको लक्ष्य सुदूरले ओभरमा विकेट गुमाएर पुरा गर्यो।
सुदूरको जितमा कप्तान दिपेन्द्र सिंह ऐरीले ३८ रन बनाएर आउट भए। उनले चौथो विकेटका लागि इशानसँग ६७ रनको साझेदारी गरे। इशान पाण्डेले रन बनाए।
ओपनर सेफ जईब ११, बिनोद भण्डारीले चार, ब्रान्डम म्याक मुलेनले तीन रन बनाए।
यता, बलिङतर्फ कर्णालीका लागि कप्तान सोमपाल कामी, नन्दन यादव, विपिन शर्माले समान एक एक विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको थियो।
कर्णालीका लागि जिसन मक्सुदेले सर्वाधिक ३० रन बनाए। यस्तै, विलियम बोस्सिटो १६, ओपनर बाबर हायत १३, चार्डविक वाल्टनले ११ रनमा आउट भए।
कप्तान सोमपाल कामीले ११ रन बनाउँदा गुलसन झा दुई रनमा आउट भए।
यता, सुदूरका लागि बलिङतर्फ हर्मित सिंहले तीन, कप्तान दिपेन्द्र सिंह ऐरीले चार ओभर बलिङ गर्दै २० रन खर्चिएर दुई विकेट लिए। स्कट कुगेलिन र सेफ जइबले समान एक एक विकेट हात पारे।
यो सँगै जारी प्रतियोगितामा प्लेअफ पुग्ने टोलीको टुंगो लागेको छ। जनकपुर बोल्टससँगै, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफमा प्रवेश गरेका छन्।
बिचको खेलमा १३ ओभरको खेल चलेसँगै काठमाडौँ औपचारीक रुपमा बाहिरिएको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |