← समाचारमा फर्कनुस्
Top Headlines Nov 19, 2026 · Swadesh

सुदूरपश्चिम फेरि एक पल्ट फाइनलमा

सुदूरपश्चिम फेरि एक पल्ट फाइनलमा

सुदूरपश्चिम रोयल्सले फेरि एकपल्ट नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । लगातार तेस्रो पल्ट फाइनल पुगेको सुदूरपश्चिमले बिहीबार क्वालिफायर–टुमा चितवन राइनोजलाई तीन विकेटले हराएको हो । तेस्रो सिजन उपाधिको भिडन्तमा ओर्लिने सुदूरपश्चिमले डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सको सामना गर्नेछ ।

गत वर्षको फाइनलमा पनि यिनै दुई टिम खेलेका थिए । क्वालिफायर–वानमा पनि सुदूरपश्चिम र लुम्बिनी लायन्स नै भिडेका थिए । कीर्तिपुरको टीयू मैदानमा जितका लागि १ सय ३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा सात.विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।

उसको यो जितमा नायक रहे, थिरुन्दु रत्नायेके । उनले ४२ बलमा ५३ रन बनाएर नटआउट रहे । उनको ब्याटबाट सात चौका निस्केको थियो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले २३ रन बनाए । चितवनको बलरमध्ये रञ्जित कुमारले २५ रनमा दुई विकेट हात पारे ।

टस जितेर लुम्बिनीले पहिले ब्याटिङको निर्णय गरेको थियो, तर टिमले अपेक्षा अनुसार ठूलो स्कोर भने बनाउन सकेन् । लगातार विकेट गुमाएको लुम्बिनीले नौ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । त्यसमा डाविड मालनले ५१ बलमा ७१ रन बनाए ।

उनी नटआउट पनि रहे र नौ चौका तथा दुई छक्का प्रहार गरे । तर उनलाई बलियो साथ दिने कोही भएनन् । सुदूरपश्चिमका बलरमध्ये स्कट कुगलिन सबैभन्दा प्रभावशाली रहे । उनले २७ रनमा तीन विकेट लिए । यस्तै रत्नायेकेले २३ रनमा दुई विकेट हात पारे ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →