नेपालले लर्ड्समा बंगलादेशसँग टी–२० खेल्ने

मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले आयोजना गर्ने नेपालको इङ्ग्ल्यान्ड भ्रमणअन्तर्गत नेपाल र बंगलादेशबीच पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल हुने भएको छ। यो खेल क्रिकेटको घर मानिने लर्ड्समा आगामी ३ जुन २०२७ मा हुनेछ।
यसै दिन लर्ड्समा मिडलसेक्सको टी–२० ब्लास्ट खेल पनि हुनेछ, जुन एकै दिन अन्तर्राष्ट्रिय र घरेलु पुरुष खेल हुने पहिलो अवसर हो। खेलको समय नेपाल र बंगलादेशका समर्थकले टेलिभिजनमा प्रत्यक्ष हेर्न सक्ने गरी तय गरिनेछ।
भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्नेछ। वर्मस्लेमा तीन खेल र बेकेनह्यामको काउन्टी ग्राउन्डमा दुई खेल हुनेछन्। यी खेल आईसीसीले मान्यता दिएका र ईसीबीले स्वीकृति दिएका आधिकारिक अन्तर्राष्ट्रिय खेल हुन्।
यो खेल बंगलादेशको पुरुष टोलीले लर्ड्समा खेल्ने पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ। नेपालले यसअघि सन् २०१८ मा एमसीसीसँगको त्रिकोणीय सिरिजमा नेदरल्यान्ड्सविरुद्ध लर्ड्समा टी–२० खेलेको थियो। यो बंगलादेशका लागि लर्ड्समा १७ वर्षपछि हुने टेस्ट खेलको लगत्तैको महत्वपूर्ण अवसर पनि हो।
एमसीसीका प्रमुख कार्यकारी रोबर्ट लसनले नेपालमा क्रिकेटप्रतिको उत्साह र खेलको विकासमा एमसीसी–क्यान साझेदारीको प्रशंसा गर्नुभयो। क्यानका सचिव पारस खड्काले लर्ड्समा फर्किनु गर्वको क्षण भएको बताउँदै एमसीसी, बंगलादेश क्रिकेट बोर्ड, आयरल्यान्ड, स्कटल्यान्ड र ईसीबीप्रति आभार व्यक्त गर्नुभयो। क्यान अध्यक्ष चतुरबहादुर चन्दले यो नेपालको लागि ऐतिहासिक खेल हुने बताउनुभयो।
भ्रमणको खेल तालिका:
· १ जुन – नेपाल वि. स्कटल्यान्ड, वर्मस्ले (५० ओभर)
· ३ जुन – बंगलादेश वि. नेपाल, लर्ड्स (टी–२०)
· ६ जुन – आयरल्यान्ड वि. नेपाल, वर्मस्ले (५० ओभर)
· ९ जुन – आयरल्यान्ड वि. नेपाल, वर्मस्ले (टी–२०)
· ११ जुन – आयरल्यान्ड वि. नेपाल, बेकेनह्याम (टी–२०)
· १२ जुन – आयरल्यान्ड वि. नेपाल, बेकेनह्याम (टी–२०)
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |